केसक थापाका ३ गजलहरु...

गजल १,
__ मान्छेको कुनै जात हुँदैन''
मात्र रगतको नाता हुन्छ मान्छेको कुनै जात हुदैन!!!
जो पैसामा बिक्ने गर्छ उसको कुनै औकात हुदैन!!!
कति संघर्ष गर्छ आफ्नो दुनिया बदल्ने चाहानामा !!!
विचरा !ऊ संग ढुक्क सीत सुत्ने कुनै रात हुदैन !!!
केहि दुख केहि पीडा उसले इसारैमा भन्यो मलाई!!!
मैले भने लाटो जस्तै हात हलाएर कुनै बात हुदैन!!!
सधै घात गर्यो रे यो समाजको व्यक्तिले ,केहि पल!!!
म संग पनि बिताएर हेर तमी मबाट कुनै घात हुदैन!!!
उसले एउटै प्रस्न बारबार सोध्यो आकाश छुने कसरी!!!
असम्भव छ जसरी सुकेको लौरीमा कुनै पात हुदैन!!!
जतिसुकै भेदभाव गर धनि गरिब ठुलो सानो भनेर!!!
म भन्छु रगत एउटै छ मान्छेको कुनै जातभात हुदैन!!!
गजल २,
__ सीनो लुछे झै''
गीद्धले सीनो लुछे झै इज्जत लुछियो उनको!!
श्रीमानको हत्या गरेर सिउंदो पुछियो उनको!!
न घरको बनायो न घाटोको बनायो विचरालाई!!
जानीजानी अनजान बनेर भाग्य कुचियो उनको!!
बिना गल्तीकै दोषी बनाइयो अनि सजाए पनि!!
आशुले लेखेको कहानी पढेर यथार्थ बुझीयो उनको!!
दुनियाले तीते करेला भन्यो तर मैले चाखेर हेरे !!
साच्चै नै रैछ जीन्दगी अंगुर जस्तै गुलीयो उनको!!
गजल ३,
__ शराब छुदैमा''
शराब छोयो भन्दैमा कोहि खराब हुदैन!!
जति रोएपनि यहाँ आंशुको तलाब हुदैन!!
ऊ लाचार थियो लाटो जस्तै मौन हुन्थ्यो!!
म प्रश्न सोध्दै जान्छु उ संग जवाब हुदैन!!
पैसाको गोदाम थियो तर मनको गरीब रैछ!!
मैले भने धनसम्पत्तिले मात्र कोहि नवाब हुदैन!!
सधै सोचीरहन्छौ तर आफैमा विश्वास छैन!!
याद राख अन्धविश्वासमा कहिल्यै ख्वाब हुदैन!!
केसब थापा
गुलरिया बर्दिया