अमेरिकामा यी ३ चिजबाट साबधान: खेलौना बन्दुक, अपरिचित घरमा गाडी रोक्ने तथा घर भित्र छिर्ने...

विजय थापा
आज फेरी ,धन्यबाद दिवसको अवसरमा कलम चलाउन सकसक लाग्यो l आफुले अधिकांश अमेरिकामा ३ चिज भन्ने बिषय वस्तुमा केन्द्रित रही कलम घुमाउने गर्ने गरेकोले आज त्यहि ईतिहास कोर्दै छु l 

मेरो यस पटकको लेखको शिर्षक अमेरिकामा ३ चिज :खेलौना बन्दुक ,अपरिचित घरमा गाडी रोक्ने र घर भित्र छिर्ने प्रयास गरे तातो गोलि को शिकार सम्म हुने भन्ने रहेको छ l अमेरिकामा आएर बसोबास गर्ने अधिकांश नेपाली लाई यस कुरामा अवगत छ भन्ने मेरो बुझाई छ l 

तथापी नव आगन्तुक तथा भर्खर नेपाल बाट आएकाहरुलाई यस्ता बिषयमा बुझ्न निकै समय लाग्दछ l हामीलाई यस कुराको ज्ञान हुन् निकै समय लागेको थियो l 

अमेरिकामा आफ्नो सुरक्षा हेतु नागरिकलाई बन्दुक राख्ने अधिकार छ l तर यहि बन्दुकको दुरुप्रयोगको कारण अमेरिकाको क्यालिफोर्निया ,टेक्सस को चर्चमा नर संहार पछिल्ला ज्वलन्त उदाहरण हुन् l

भिडमा हिड्यो कसले कतिखेर गोलि चलाउछ ? जहिले पनि सतर्क भएर हिड्नु पर्ने ,चलचित्र गयो त्यहाँ अनि त्यस्तै सावधानी अपनाउनु पर्ने स्थिति छ l मूर्ख ,पागल संग केहि लाग्दैन l कति खेर सन्की चढ्छ गोलि अन्धाधुन्ध चलाईन्छ l यस्ता कुरामा ज्यादा ब्याख्या गरि रहनु पर्दैन l सबैलाई जानकारी छ l तर अमेरिकामा बालबालिका ,आफ्ना सन्तान ,छोरोछोरी को खुशीको लागि किनिएको खेलौना बन्दुक पनि घातक सिद्ध भएको कैयौ उदाहरण छन् l अकालमा ज्यान जान सक्छ l 

पहिलो ,अमेरिकामा बालबालिकालाई सबै प्रकारका खेलौना किन्ने चलन छन् तर बन्दुक को खेलौना किन्ने निम्न चलन रहेको छ l अमेरिकाको कैयौ राज्यहरुमा खेलौना बन्दुक प्रतिबन्धित पनि छ l र ,अमेरिकन आमबुवाले कहिले पनि खेलौना स्वरुप बन्दुक दिने हत्तपत्त गर्दैनन् l तर नेपालमा बालबालिका ,छोराछोरी र आफ्ना सन्तानलाई सरल रुपमा किनी दिन्छौ l किनभने भारत संगको हाम्रो सिमाना परेकोले सरल रुपमा उपलब्ध हुन्छ l तर अमेरिकामा नव आगन्तुक र यस बिषयमा ज्ञान छैन भने पूर्ण सावधानी अपनाउनु पर्छ l नत्र किशोर किशोरीहरुलाई बन्दुकको खेलौना दिंदा ठुलो दुर्घटना हुन पनि सक्छ l 

यसरि बाटोमा र कतै सार्बजनिक रुपमा खेलौना बन्दुक संग खेलेको देखियो भने छिमेकि र अन्य देख्नेले तुरुन्तै खबर गरि दिन्छन र अकालमा प्रहरीले गोलि चलाउन पनि सक्छ l बिगतमा यस्ता घटना भएका हुनाले हामी साबधानी हुनु अपरिहार्य छ l 

अर्को दोश्रो ,अपरिचित घरमा गाडी रोक्न पनि जोखिम हुन्छ l तर नरोक्ने भन्ने होईन् l यसरी अपरिचित स्थान ,घरमा दिउसो भन्दा रात्री समयमा आफ्नो सवारी साधन रोकी शंकास्पद रुपमा गतिबिधि गरेको छ भने प्रहरी आएर सोधपुछ मात्र नभई पक्राउ परेर समेत लान सक्ने हुन्छ l झन् अपरिचित मानिसले कुनै घरका बालबालिका संग बोलेको देख्यो भने मात्र अपहरणको समेत दोष लाग्ने सम्भावना हुन्छ l 

राम्रो नियत भएता पनि नदुखेको टाउको त्यतिकै दुख्नु पर्ने हुन्छ l झुक्किएर पनि रात्री समयमा अर्कोको आँगन र वाहन मार्गमा रोके भने घरपेटीले गोलि पनि चलाएका छन l  र ,गोलि चलाए पनि दोष नलाग्ने हुने हुन्छ l घर मालिकले आफ्नो जीवन जोखिम लागेकोले गोलि चलाएको भन्दा माफ पनि हुने कैयौ घटना घटेका छन् l तसर्थ यसमा पनि हामि गम्भीर हुनु पर्छ l र अकालमा कालको मुख बाट बच्न सकिन्छ l 

तेश्रो ,अपरिचित तथा झुक्किएर पनि रात्रिको समय या दिउसो पनि घर भित्र पस्न प्रयास गरे ठुलो दुर्घटना हुन् सक्छ l अधिकांस अमेरिकनको घरमा बन्दुक रहने हुनाले आफ्नी ज्यानको सुरक्षा को रक्षार्थ गोलि चलाएको भन्दा माफ पनि हुने बिगतमा घटना घटेका छन् l मादक पदार्थ सेवन गरि आफ्नो छिमेकी को घरमा चाबी खोल्ने क्रममा पनि गोलि प्रहार गरिएको घटना अमेरिकामा रहेकोले बढो सतर्क हुनु पर्ने हुन्छ l 

किनभने नेपाल जस्तो यहाँ आफ्नो छिमेकिलाई पनि चिनिदैन l अर्को कुरा छिमेकिको पनि त्यति भर गरिदैन l आफ्नो र परिवारको सुरक्षाको लागि आफ्नो जीवन गुमाउन लागेको छु भनि प्रहरीलाई खबर गरे गोलि हान्न समेत अनुमति दिएको समाचार पनि पढ्न पाइएको छ l 

यति मात्र हैन ,आफ्नै छिमेकि कहाँ निहालेर हेर्यो भने पनि समातेर लागेको घटना घटेका छन् l पल्याक पुलुक र हाउभाउ अलिक असाधारण जस्तो गरे भने पनि आफुले तातो गोलि खान सकिने सम्भावना हुने हुन्छ l 

अमेरिकामा सरल रुपमा बन्दुक उपलब्ध हुने हुनाले हामी सावधान र सतर्क हौ यसैमा हाम्रो कल्याण हुने छ l हामीले तातो गोलि कहिले खानु पर्दैन र खान पनि नपरोस भन्दै यस कुरालाई मनन गरौ l नव आगन्तुकले यस कुरामा ध्यान पुर्याउन l यहि मेरो सुझाव छ l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com