डीसीमा गायक शिव परियारले दर्शकलाई नचाएरै छोडे

विजय थापा
कार्तिक १६,

नेपालका प्रसिद्ध गायक  शिव परियारले अमेरिका को डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शक लाई नचाएका छन् l
उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ बर्ष पहिले नेवा संस्कृति ,भाषा ,कला र परम्परालाई स्थापना गर्ने उद्देस्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए l 

उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा संक्षेपमा जानकारी गराएका थिए l साथै गीतले के भन्न खोजेको र परिस्थिति को बारेमा अर्थ लगाई गीत गाउदा दर्शकले अझ रमाइलो गरेका थिए l अन्य स्थानीय कलाकारहरुको गीत र नृत्य प्रस्तुति रहेता पनि उनको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए l 
परियारले  "पिउदिन भन्दा भन्दै पिलायो साथीले, बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मन्च उठे पछि आयौ, रित्तो रित्तो छु भन्ने गीत गाएका थिए l 

उक्त कार्यक्रममा सबै उमेरका दर्शक र सहभागी भएका लाई नचाएका थिए l उनले निकै गीत गाउने सुरमा भएता पनि समय अभाव को कारण करिव ५ वटा गीत गाएका थिए l 

गायक परियारले यस पटक अमेरिकामा यस्तै रह्यो भन्दै अर्को बर्ष अमेरका आउदा एक सागीतिक मण्डली लिएर आउने ईक्षा व्यक्त गरे l 
 तस्बिर :विक्रान्त मान श्रेष्ठ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com