अमेरिकाबाट कांग्रेस नेतृत्वमा पहिलो प्रतिनिधित्व आनन्द विष्ट कांग्रेस केन्द्रीय (आमन्त्रित) सदस्य मनोनित

विजय थापा
अमेरिका कार्तिक २९,

नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई गत कार्तिक २८ गते आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् l  
'सभापतिज्यूले आज मलाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गर्नु भएको पत्र प्रदान गर्दै जिम्मेवारी दिनु भएको छ,यसलाई मैले विश्वभरिका जनसम्पर्क समितिको सम्मानको रुपमा लिएको छु' जिम्मेवारी पाए लगत्तै छोटो संवादमा विष्टले भने l 

जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा मनोनित हुने विष्ट भारत बाहेकका देशबाट पहिलो नेता हुन् । गत सेप्टेम्वरमा राष्ट्र संघ महासभामा भाग लिन आउनुभएका प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गरेका थिए l 

सोही अनुसार सभापति देउवाले विष्टलाई नेपाल बोलाई पार्टी गतिविधिमा क्रियाशील हुन र आसन्न निर्वाचनमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनु भएपछि विष्ट अहिले नेपालमा कांग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्न विभिन्न जिल्लामा पुगी रहेका छन् l 

विगत दुई दशकदेखि अमेरिकामा बसेर नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न अनवरत क्रियाशील रहेका विष्ट अमेरिकामा कांग्रेसको संगठनलाई विस्तार गर्ने संस्थापक नेतृत्वकर्ताको रुपमा चिनिन्छन। 

विष्टकै पहलमा सुरु भएको जनसम्पर्क समिति,अमेरिका हाल अमेरिकामा समितिका २७ वटा च्याप्टर क्रियाशील छ l  विष्टकै पहलमा अमेरिकाले कांग्रेसको १२ औं महाधिवेशनमा पहिलोपटक आधिकारिक रुपमा प्रतिनिधित्व गर्ने अवसर पाएको थियो । सोही महाधिवेशनपछि कांग्रेसको विधानमा नै जनसम्पर्क समितिको प्रतिनिधित्व गराउने व्यवस्था उल्लेख छ । 

१२ औं र १३ औं महाधिवेशनमा अमेरिकाबाट महासमिति सदस्य समेत रहेका विष्ट मातृभूमिमा सम्पन्न संविधान सभाको पहिलो र दोश्रो दुवै निर्वाचन,हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउने अभियानमा सक्रियतापूर्वक लागेका छन् ।

।'म पार्टीको एक वफादार सिपाही हुँ र मैले यो जिम्मेवारीलाई अत्यन्त गहनताका साथ लिएको छु,यसलाई मैले हामी देश बाहिर रहेका सबै कांग्रेसजनको सम्मानको रुपमा लिएको छु । यसका लागि म मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व र आदरणीय सभापतिलाई विशेष धन्यवाद व्यक्त गर्दछु'विष्टले भने l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com