गज़ल By, कोमल भट्ट


गज़ल By, कोमल भट्ट 

शरद् लाग्यो,स्वदेशमा धान झुले होलान्
जताततै रङ्गीचङ्गी फूल फुले होलान्

झलमल्ल भयो होला पखेरीमा घाम
घामसँगै गगनचुम्बी हिमाल खुले होलान्

छोडी आएँ आफन्त र साथी,सङ्गातीलाई
टाढा हुँदा मायाप्रीति सबै भुले होलान्

भेट हुन्थे जून तारा,सधैँ चौतारीमा
ऐले मलाई खोजी गर्दै सारा डुले होलान्

मुटु दुख्छ नसुध्रिॅदा हाल नेपालीको
अझै कति भोका,नाङ्गा र स्याउले होलान्

-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:-न्युयोर्क

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com