इज़रायालामा १०९ औं लक्ष्मी जयन्ति तथा रचना वाचन कार्यक्रम सम्पन्न

तेल अभिव कार्तिक ३

अक्टोबर २० तारिक शुक्रबार २०१७ इज़रायालको तेल अभिव शहर एनआरएनको कार्यकक्षमा गरिएको उक्त कार्यक्रम छोटो र निकै महत्त्वपूर्ण रह्यो I वातावरण निकै शान्त साहित्यमय बनेको थियो I इज़रायालका लागी नेपाली राजदूत महामहिम श्री निरन्जन थापाज्यूको प्रमुख आतिथ्यमा साहित्यिक कार्यक्रम निकै भव्य र सभ्य भयो I 

कार्यक्रमको सभापतित्व साहित्यिक चौतारी इजरायल शाखाकी अध्यक्ष एवं कवयत्री समा श्रीले गर्नु भएको थियो | विशेष अतिथितीमा अनेसास इज़रायल च्याप्टरकी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डकी दुत भगवती बस्नेत साथै नेपाली राजदूतावास बाट उपस्थिति द्वितीय सचिव आस्था सुब्बा , एनआरएनका महासचिव तेन्जिंग शेर्पा अतिथि लगायतका साहित्यिक मनहरुको उपस्थिति रहेको थियो | 
दीप प्रज्वलन सँगै अघि बढेको कार्यक्रम राष्ट्रिय गान पश्चात् अनेसास इज़रायल च्याप्टरकि उपाध्यक्ष लक्ष्मी अनुरागीले स्वागत मन्तव्य तथा महाकवि देवकोटा बारे बोल्नु भएको थियो | रचना वाचन गर्ने क्रममा तारा कट्टेल, निलम भुषाल, बसु श्रेष्ठ, लक्ष्मी अनुरागी, माया खनाल, गणेश पौडेल, भगवती बस्नेत , समा श्री, सुनिता आदिले निकै सुन्दर कविता, गजल, मुक्तक आदि Iकार्यक्रमको उत्तर्रार्धमा विशेष अतिति भगवती बस्नेतले देवकोटा बारे निकै महत्त्वपूर्ण कुराहरूका साथै देवकोटाको एउटा कविता तथा आफ्नो एउटा कविता वाचन गर्नु भएको थियो I यस्तैगरी प्रमुख अतिथि महामहिम निरन्जन थापाज्यूले आफ्नो अभिव्यक्तिमा महाकवि देवकोटा नेपाली साहित्य आकाशको एउटा नक्षत्र हुनुहुन्थ्यो भन्दै महत्त्वपूर्ण र गहन कुराहरू राख्नु हुँदै प्रवासमा आफ्नो कार्यव्यस्ताका बावजुद पनि नेपाली साहित्यलाई माया सम्मान गरी यसरी साहित्यिक कार्यक्रम आयोजना भएकोमा निकै प्रशंसा गदै धन्यवाद समेत दिनुभएको थियो I
अन्त्यमा सभापति समा श्रीले देवकोटाका बारेमा पुर्ववक्ताहरुले धेरै कुराहरू भनिसक्नु भएकोछ भन्दै देवकोटाको बारेमा केही महत्त्वपूर्ण कुराहरू भन्नु भएको थियो देवकोटाको जन्म एउटा भौगोलिक गल्ती हो भनेर राँचीका डाक्टर बर्कले भनेको थिए भन्ने कुरा र एक खर्पन काउली गाईबस्तुलाई पनि मिठो खानु पर्छ भन्दै खुवाएका जस्ता कुराहरू गर्नु भएको थियो देवकोटाको बारेमा जति प्रशंसा र कुरा गरे पनि सकिँदैन त्यसैले पनि देवकोटालाई श्रद्धाञ्जली अर्पण गर्नकालागि लक्ष्मी जयन्ती कार्यक्रम अनेसास र साहित्यिक चौतारी इजरायल शाखा मिलेर आयोजना गर्दैछौं इजरायलमा चार साहित्यिक संस्थाहरू भएको र एउटै उद्देश्य बोकेको संस्था भएको कारण एकै ठाउँमा मिलेर यस्ता कार्यक्रम गर्न सके सुनमा सुगन्ध हुने थियो भन्ने उहाँको नितान्त निजी बिचार पनि व्यक्त गर्नु भयो ' सिता उवाच' र अर्को 'प्रीतम रेखा र प्रेम' शीर्षक भएको दुई धारका कविताहरू वाचन गर्नु भएको थियो |

अन्त्यमा कार्यक्रमका शुत्रधार अर्थात् कार्यक्रमका संचालिका साहित्यिक चौतारी नेपाल इजरायल शाखाका महासचिव सुनिता राईलाई आफ्नो रचना सुनाउन हुन आग्रह गर्दै कार्यक्रम समापन भएको धोषणा गर्नु भएको थियो | कार्यक्रमको संचालिका सुनिता राईले निक्कै ओजिलो कविता वाचन गर्नु भयो | 

( तिहारको वातवरणलाई मध्यनजर राख्दै जूस सेलरोटी ,अचार र तरकारीको व्यवस्था थियो )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com