केसब थापाका ३ गजलहरु...


 १,मेरो जीवनकथा

तिम्रो रगतले नै मेरो जीवनकथा लेखिएको थियो आमा!!
देवीको रूपमा पनि तिम्रै अनुहार देखीएको थियो आमा!!

कसरी वर्णन गरू म तिम्रो महानताको मलाई गर्मी हुदा!!
तिमले हात फैलाउदा सूर्य पनि छेकिएको थियो आमा!!

जब ताते तातै गर्दै हिड्न सिक्दै थिए तब चोट कति लागे!!
फेरी तिमले स्पर्श गर्दा सबै पीडा सेकिएको थियो  आमा!!

कलम समातेर मलाई ज्ञानको पाठ पढायौ , अनि त्यहि!!
कलमले बाटो बनाउदा स्वर्ग जाने बाटो देखिन्थ्यो आमा!!

२,फांसिमा चड्दैछ बेकसुर

अदालतको झुटो फैसलाले फांसिमा चड्दैछ बेकसुर!!
बिना गल्तिकै जीवन र मृत्युको जंग लड्दैछ बेकसुर!!

किन न्यायको मन्दिरमा अन्याय हुन्छ सधै ,आखिर!!
जीउदैमा लाश बनेर बिचरा !जेलमा सड्दैछ बेकसुर!!

आज थाहा भयो मान्छेको चरित्र पैसामा बिक्दोरैछ!!
कठै! पैसाको खेल बताउने किताब पड्दैछ बेकसुर

भन्देउ बुझ्नै नसकिने यो कस्तो परम्परा हो दुनियाको!!
कमलको फुलझै वास्ना दिएनी हिलोमा गड्दैछ बेकसुर!!

३,
कहिले जीत भय म कहिले हार भय म!!
मायामा धोका पाए अनि गजलकार भय म!!

झुटो कसम खायौ किन छाडि जानु थियो भने!!
आज उज्यालो दुनियाको अध्यारो संसार भय म!!

तिमी त बिक्यौ स्वार्थी बजारको महङगै भाउमा !!
सायद हैसियत कम भयर होला उदार भय म!!

तिमले फसाउनु फसायौ मलाई झुटो जालमा!!
आज तिम्रै कारणले यो समाजमा गद्दार भय म!!

केसब थापा
गुलरिया बर्दिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com