कविता ''दिदीको बिदाइमा ''
यो कस्तो बिदाइ हो दिदी
कहिले नफर्किने गरि
जति सम्झु यी आँखामा
वर्षिरहने भो झरी
बुझ्नै नसकिने रीत दुनियाको
घरको खुसी छुटेर गयो
केवल स्नेह छायाँ सघन
बाँकी यो दिलमा भयो
मखमली आयु सुकेको छैन
मेरो भाइटीका अमर छ
मेरो बिहेमा तिमीले ऊनेकि
दूबोको माला अजर छ
तिमीले दिएका आशिष् सँगालि
जीवनमा अटुट सजाउँ
जनम जनम भाइलाई माया
दिदी तिमीबाटै मैले पाउँ
त्यो बोली त्यो आगमनको भान
झझल्कोमा आइरहन्छ
यस्तो पीडामा एकचोटि फेरी
हाँस्न सिकाइरहन्छ
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
(हामी सबैलाई माया गर्ने मेरो दिदीको सम्झनामा)