गजल By, केसब थापा
भाग्यले ठगीएको मान्छे म जीतमा पनि हार मेरै हुन्छ!!
एकैछिन कल्पनामा हराउंछु फेरी सारा संसार मेरै हुन्छ!!
छैन रोशनी लालटिनको भरोसा आसमानकै छ मलाई!!
जब सूर्य अस्ताउंदै जान्छ अनि घर अंधकार मेरै हुन्छ!!
कति संघर्षका चाल भय बताउछ यी पाउका निशानले!!
आखीर किन अग्नी परिक्षा जीन्दगीको बारम्बार मेरै हुन्छ!!
बाच्नु छैन मलाई अब तड्पी तड्पी बरू मर्नु नैे बेश होला!!
जहिले पनि बलिको बक्रा बनाएर यहाँ संघार मेरै हुन्छ!!
इंतजार कालकै भयपछी समशान घाटमा डेरा सारे आफ्नो
थाहा छैन आखीर मर्छु भन्दा पनि किन इंकार मेरै हन्छ!!
केसब थापा
गुलरिया बर्दिया