महिला मनोवैज्ञानिकले व्यवस्थापन गरेको पुरुष बस्ने जेल

काठमाण्डौ भदौ २८,

पुरुष कैदी बस्ने जेलको व्यवस्थापन गर्नु कठिन काम हो । यदि तपाईं महिला हुनुहुन्छ र जेलको सुपरिवेक्षक जस्तो देखिंदैन भने तपार्इंको पेशालाई झन् चुनौती दिन सक्छन् ।
बेलायतको रिस्ले नामक कारागारकी प्रमुख पिया सिन्हाले हालसालै बिबिसीको पत्रकारलाई उक्त करागारको अवलोकन गर्न लागिन् । यही क्रममा एक जना कैदीले ‘यो जेल खतम छ’ भनेर पछाडिबाट कराउँछन् ।

४४ वर्षीया सिन्हाले यो कारागारको जिम्मेवारी लिएको एक वर्ष बितिसक्यो । एशियन मूलकी ५ फिट ३ इन्चको उचाइ भएकी ती महिलाले आफूलाई ‘जेलरको’ रूपमा परिचय दिंदा सबै छक्क पर्छन्। उनी मनोवैज्ञानिक पनि हुन्।

उनले कारागारमा काम गरेको २० वर्ष भैसकेको छ । त्यहाँभित्र हुने घटना र कथाहरु सुनेर उनका अरु क्षेत्रमा काम गर्ने साथीहरु अचम्मित हुन्थे ।

उनी भन्छिन् ‘काम गर्ने वातावरण आफैले बनाउने हो ।, उनी प्रायः कैदीहरूबाट घेरिएकी हुन्छिन् । यहाँ खतरा छ तर उनले बुद्धि पु¥याएर बहादुरीका साथ त्यसको सामना गर्छिन््।

सिन्हाले रिस्ले जेलको जिम्मेवारी लिएको केही महिनापछि कारागारको पहिलेको अवस्थाको मूल्यांकन रिपोर्ट निकालियो। त्यस रिपोर्टले जेलको कमजोर पक्ष पनि औंल्यायो । जस्तै धेरै कैदीले असुरक्षित महशुस गरेका थिए र कारागारमा चाहिने सुविधा थिएन । सिन्हा भन्छिन् ‘त्यो निष्पक्ष रिपोर्ट थियो र सुधारको लागि स्पष्ट कार्य योजना बन्यो ।’

“हामी ड्रोन(प्राविधिक यन्त्र) प्रयोगमा राम्रो छौ।ं हामी अझ राम्ररी सिकेर अगाडि बढ्दै छांै,” उनी भन्छिन् । सिन्हा थप्छिन् ‘लागू पदार्थको प्रयोग र तस्करीले गर्दा यो जेल कहिलेकाहीं अराजक हुन्छ ।’ जेलका अधिकारीहरूले पत्रकार भ्रमणकै दिन उनलाई रिपोर्ट गर्दछन् कि तीन कैदीहरूले खाना खाने समय भन्दा अगाडि लागू पर्दाथ लिइसकेका छन् । लागू पर्दाथको सेवनबाट सो कारागारमा अन्य जेलमा जस्तो कुनै पनि कैदीको मृत्यु भएको छैन ।

“तपाईंले लागू पर्दाथको प्रभावमा रहेको व्यक्तिलाई भर्खरै देख्नुभएको छ र यदि तिनीहरू ठीकै देखिन्छन् भने तपार्इंले उनीहरुलाई एक्लै छोड्नुपर्छ,”उनी भन्छिन् ‘दुव्र्यसनीलाई हुने भ्रम र मृगतृष्णाको बारेमा व्याख्या गर्छिन् । तर प्रायः उनीहरुलाई स्वास्थ्य सेवा दिनु आवश्यक पर्छ ।

उनले दावी गरिन् –‘लाग ूऔषधिको तस्करी गर्ने धेरै परिष्कृत संयन्त्र यो कारागारभित्र छ र कर्मचारीहरू यसको आयात बन्द गर्न तत्पर छन्। कहिलेकाहीँ ड्रोन प्रयोग गरेर जेलका पर्खाल माथिबाट लागू पर्दाथ ल्याइन्छ तर सुरक्षाकर्मीले तिनीहरूलाई समात्न केही हदसम्म सफल भएका छन् ।

जेल यस्तो ठाउँ हो जहाँ अप्रत्याशित घटना कुनै पनि समयमा हुन सक्छ । सिन्हाको काम एक संकट व्यवस्थापन हो । उनी र उनका कर्मचारीहरुले शारीरिक हानि, हिंसा, धम्की, गालीगलोज र असामाजिक व्यवहारको सामना दिनैपिच्छे गर्नुपर्छ । तर समस्या समाधान गर्न उनीहरु धेरै हदसम्म सफल भएको उनको दावी छ ।

कहिलेकाहि करागारभित्र हस्यात्मक क्षणहरू पनि हुन्छन् । हालसालै गर्मीको दिन व्यायाम गर्ने खुल्ला ठाउँमा गएका एकजना कैदी कारागार कोठाभित्र फर्कन चाहँदैनथे र रूखमा चढे । रिस्ले करागारमा पुरुष संस्कृति छ । यहाँ पुरुषमा हुनपर्ने गुण कर्मचारीमा चाहिन्छ ।

उच्च सुरक्षा वातावरणमा सधैं काम गर्दा उनलाई कहिलेकाही उच्च पदको अधिकारी भन्दा पनि जेलमा कैदी भएर बसेको जस्तै लाग्छ । “कहिलेकाहीं यस्तो लाग्छ । तपार्इं आफ्नो मोबाइल काममा ल्याउन सक्नुहुन्न । तपार्इं लंच ब्रेक वा फुर्सदको समयमा कुनै पनि व्यक्तिगत प्रशासकीय काम गर्न सक्नुहुन्न । हामीसँग आफ्नै इन्ट्रानेट छ, तर इन्टरनेटमा भने सीमित पहुँच छ ।” सिन्हा भन्छिन् ।

साभारः–बिबिसी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com