गजल By, अम्बिका कार्की अमु
धिक्कार्न सरकारलाई नत सेलाउन सक्छु म।
नत आराम लिएर मस्तिले निदाउँन सक्छु म।
रास्ट्रघाती छन् राष्ट्र भित्र नै मधेशका मुद्दावाला
ती जनताका हुन् भनेर न पत्याउन सक्छु म ।
तराई रोएको बेला निदाएको भेटियो कतै
यी निदाए झैं गर्नेलाई न ब्युझाउँन सक्छु म।
जब आँखाले देख्यो गर्भिणी र बालकको मृत्यु
यो पीडाबाट आफैलाई न उम्काउन सक्छु म ।
जलमग्न छ खोलाका मुख्य ढोका थुनिएर
बिहारको ख्याल गर्नेलाई न खेदाउन सक्छु म ।
अम्बिका कार्की अमु
सर्लाही