गजल:-त्याग्नै पर्छ यहाँ


गजल By, केसब थापा

केहि पाउनको लागी केहि त्याग्नै पर्छ यहाँ!!
हुदैन मुर्झाएर  केही, अब जाग्नै पर्छ यहाँ!!

प्रतिस्पर्धाको जमाना छ रफ्तार बढाउ आफ्नो!!
हुदैन यस्तो धिमी चालले कतै भाग्नै पर्छ यहाँ!!

भाग्यकै भरमा कतिन्जेल सफलता खोज्ने ,अब
चुनौती दिदै निधारको रेखालाई नाग्नै पर्छ यहाँ!!

केसब थापा
गुलरीया बर्दिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com