महाबुको महिमा

हाम्रो माझ प्रत्येक वर्ष उही दिन आउँछ । जसले वर्ष दिनभरीका दुःख र पीडालाई विर्साईदिन्छ । हामी कति भाग्यमानी ! हाम्रो जीवनको सवैभन्दा धेरैे खुसी बोकेर ल्याउछ । जसको महिमा असीमत रहेको छ । दुई जिल्लाको वीच भाग । जुन ठाउँमा पुग्ने जो कोही मानिसहरु पनि मर्माहित हुन्छन । जुन स्थान जनै पूर्णीमाको अघिल्लो दिन ठूलो भेला लाग्ने गर्दछ । 
कालिकोट र दैलेख जिल्लाको सीमाना पर्ने महाबु आफैमा एक बहुचर्चित ठाउँ हो । समुन्द्री सतहदेखि ४ हजार १ सय ६८ मिटर उचाईमा रहेकोछ । यहा ढुङ्गाबाट उत्पत्ति भएको शिवलिङ्ग छ । जसको दर्शन गर्न लाखौं तिर्थयात्रीहरुको घुईँचो लाग्ने गर्छन । किम्बदन्ती अनुसार महादेब शिव र पार्ततीको उत्पत्ती भएको कैलाशको रुपमा विब्यात छ । यो ठाउँमा तिर्थयात्रीले दर्शन गरेपछि मनका सवै कुरा पूरा हुने जनविश्वास छ । एकपटक पूजाआज गरी सकेपछि अकोर्पटक पुनः पुजाआजा गर्नु जनविश्वास रहदैं आएको छ ।
प्रेमबहादुर शाही,

पुर्खाहरुका अनुसार दैलेख जिल्लाको भूर्तीका एक ब्रामणका छोरा पाटनमा गाई भैसी चराउन गएको सयमा
निन्द्रा लगेपछि ढुङ्गामा गएर सुते, त्यस समयमा शिवको दर्शन पाएपछि त्यस ढुङ्गा दिनहुँ दूध चढाउनु पर्ने र उक्त कुरा कसैलाई नभन्नु भन्ने आज्ञा पाएपछि उनलाई वोल्न सक्ने र वेद पढन सक्ने भएको भनाई रहदै आएको छ । त्यहि ढुङ्गाबाट शिवको लिङ्ग जस्तो आकृति भएको ढुङ्गा अहिले पनि जस्ताको तस्तै छ । यो ठाउँमा
कालिकोट र दैलेख जिल्लाका दुईटा पुजारी रहेका छन । 

एउटा जिल्लाको पुजारीले मात्र पूजा गर्न पाउँदैन । दुवै पुजारी सामिल भएपछि पुर्जाको कार्य अघि बढाउछन ।
महाबुमा पूजा आजा गर्नको लागि आन्तरिक तिर्थयात्रहिरु त आउने नै भए तर छिमेकी देशका तिर्थयात्रीहरु समेत पूजा आजा गर्न आउने गरेका छन । महाबु पूजा गर्नको लागि नजिकका तिर्थयात्रीहरु घरदेखि विहान जाने गर्दछन भने बाहिर बाट आउने तिर्थयात्रीहरु एक हप्ताको योजना बनाएर आउने गरका छन । धार्मिक दृष्किोणले जिल्लाको सवैभन्दा महत्वपूर्ण ठाउँ मानिन्छ ।

महाबु पूजा आजाको लागि मात्र नभएर यो ठाउँ जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित छ । सफा मौसम भएको समयमा यो स्थानमा पुगेपछि नेपालका अधिकांश भू–भागहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यसरी महाबुको महिमा असीमित रहदैं आएको छ ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com