लम्कदैछ सोझो बटुवा मौन सुस्त तालमा
टोलाउँछ, हराउँछ आफ्नै बैरागी छालमा
अनी सुटुक्क चिहाउँछ
लुकेको तृष्णाहरु सबै झोलाभित्रै
पसीनाको बगर पनी झोलाभित्रै
सपना बुन्छ हत्केलीको रेखाहरु लहराउँदै
झस्कन्छ बतासको ठक्करलाई फकाउदै
अनी अन्योलमा आँखा झुकाउँछ
अघुरो आशा सबै झोलाभित्रै
सपनाको महल पनी झोलाभित्रै
उघ्रीएका रहरहरु समेट्दै बटुवाको यात्रा
नयाँ मित्र कथा लेख्ने बटुवाको चाहना
तर कोमल मनको स्पर्शको भाव
एक्लोपनको साथीहरु झोलाभित्रै
संघालेका पन्ना सबै झोलाभित्रै
सरु पन्त