एनआरएनए नाइजेरिया द्वारा नेपालका बाढीपीडितलाई राहत संकलन प्रारम्भ

लेगोस , नाइजेरिया  भदौ ५,

अफ्रिका स्थित गैर आबासिय नेपाली संघको नाइजेरिया समन्वय समितीले नेपालका बाढी पीडितलाई राहत सहयोग संकलन सुरु गरेको छ । हिजो संघको कार्य समितीको बैठकमा चिरञ्जीवी रोका , जनक बिस्ट , रोशन थापा , बिश्वास पौडेल ,मन थापा , अभिषेक सिह , दिपेन्द्र यादब र भरत रिजाल प्रतेकले १०० अमेरिकी डलर गरि आठ सय अमेरिकी डलर  रकम सहयोग गरेका छन  ।

संघका सचिब रोशन थापाका अनुसार आगमी २६ अगस्टमा हुने संघको छैटौं महाधिवेशन सम्म थप  संकलन गरि एनआरएनए बाढीपीडित कोषमा सहयोग पठाइनेछ ।

यस  अघि संघका प्रमुख सल्लाहकार तथा अन्तरास्ट्रिय समितीको कोषध्यक्ष हिक्मत थापाले एनआरएनए बाढिपिडित राहत कोषमा रु ५१००० सहयोग नाइजेरियाबाट गरि सक्नु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com