कविता ' बाँधको ढोका खोल्नैपर्छ '
बाढी पहिरो भयावह छ
हाम्रै तराईमा डुबान छ
बगेर मरिसके कति नेपाली
कष्टकरण जनजीवन छ
सप्तकोशी बाँधको ढोका बन्द
लक्ष्मणपुर बाँधको ढोका बन्द
प्रकृतिको बहाव रोकिदिएर
निमुखा नेपालीलाई के को दण्ड
आफ्नै देशको भूमी आफ्नै नदिनाला
अर्कैले खडा गरेको विशाल बाँध
उसकै खटनले थुनिएका ढोकाहरू
जसरी मिचिएका थुप्रै साँध
ब्लाकआउट छ डरलाग्दो
कहालिएका छन् घाइते धेरै
रोएका कराएका सर्वस्व गुमाएका
हे दैव विपत्ति भयो साह्रै
नेपाल सरकार लाचार छ
आग्रह हैन अडान लिनुपर्छ
सबै ढोकाहरु खोल्ने साँचो
नेपाललाई नै दिनुपर्छ
खोल्नै पर्छ ति ढोकाहरू
छोड्नै पर्छ अमानवीय हर्कत अब
इन्जिनियर राकेश कार्की
लस एन्जेलस