गजल:-सुटुक्क भेट्न आउंछु


गजल By, केसब थापा

सुटुक्क तिमलाई भेट्न  आउछु कसैलाइ नभन्नु!!
केहि  मनको प्यास मेट्न आउछु कसैलाइ नभन्नु!!

धेरै दिन देखी सुतेको छैन तिम्रै यादले सताएर!!
एकैछिन तिम्रो काखमा लेट्न आउछु कसैलाइ नभन्नु!!

तिमी गाइ बनेर मेरो खेत बारीमा आउनु है सानु!!
म गोठाला बनेर लखेट्न आउछु  कसैलाई नभन्नु!!

हेर दिन ढलेर रातको आगमन हुदैछ बिस्तारै बिस्तारै!!
त्यो अंगालोमा केहि बेर लपेट्न आउछु कसैलाई नभन्नु!!

साच्चै नै  तिम्रो वियोगमा तड्पी तड्पी बाच्नु भन्दा!!
बरू तिम्रै आगनमा गला रेट्न आउछु कसैलाइ नभन्नु!!

केसब थापा
गुलरीया बर्दिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com