गजल By,केसब थापा
कति चन्चल छ यो मन आफ्नै दुनियामा हराउछ!!
जुन चिजलाइ राम्रो देख्यो उसैलाइ मन पराउछ!!
कहिले निकै खुसी हुन्छ त कहिले निकै दुखी हुन्छ!!
जब चोट लाग्छ मनमा तब पीडांले मुर्छिदै कराउछ!!
निकै गारो पो हुन्छ गुम्सीएका ति कुराहरू बताउन!!
कतै केहि हुने पो हो की भनेर भन्नलाई उ डराउछ!!
बित्छ समय सोचै सोचमा हुदैन फल प्राप्ति उसलाई!!
अन्त्यमा पागल बनेर फेरी आफै आफैमा बरबराउछ!!
केसब थापा
गुलरीया बर्दिया