गजल By, सब थापा
तिमी बादल म पहाड बनि ठोकिए कस्तो होला!!
रंगीन मौसम बन्ला एकैछिन रोकिए कस्तो होला!!
बारीषका थोपाहरूले बर्णन गर्लान यथार्थ के हो!!
मेरो मनको प्यास तिम्रो मनमा पोखीए कस्तो होला!!
हराए आफै आफैमा तिम्रै ख्वाब देखी पागल सरी!!
तिमलाई झुटो प्रेमको कैदि भनेर तोकिए कस्तो होला!!
परिक्षा चल्नेछ प्रेमको डराउनु पर्दैन स्वार्थी मानव!!
बरू मर्म स्पर्सी शब्दहरू मनमनै घोकिए कस्तो होला!!
सब थापा
गुलरिया बर्दिया