गजल : By,केसब थापा
यो गाउँ पनि मेरै हो अनि यो शहर पनि मेरै हो!!
आफ्नै शरीरको मोलभाउ गर्ने रहर पनि मेरै हो!!
सधै मुर्झाएको जस्तो देख्थ्यौ मलाई , एक्कासी!!
यी ओठहरूमा देखेको खुसीका लहर पनि मेरै हो!!
कांप्दैछ धर्ती बिस्तारै बिस्तारै खेल समयको भन्छौ!!
होईन,यस्ता भुकंप ,बाढि पहिरोको कहर पनि मेरै हो!!
मेरो छड्के नजरले घायल भयौ, झुट बोल्न जान्दिन!!
साच्चै मीठो बोली बचनले गरेको प्रहर पनि मेरै हो!!
मृत्युको काखमा सुलाउदैछु तिमीलाई माफ गरीदीनु!!
तिम्रो त्यो मुखबाट निक्लीएको जहर पनि मेरै हो!!
केसब थापा
गुलरिया बर्दिया