गजल By, केशव थापा
१,
हांस्न खोज्दा
हांस्न खोज्दा पनि आंशु निस्किन्छ किन!!
खेलौना सम्जीएर म संग जिस्किन्छ किन!!
सधै भन्छु यि आखा भित्र सजीएर बस तर!!
थाहै नपाई परेलीबाट टाढा खिस्किन्छ किन!!
गर्नु पर्दैन कुनै प्रहार धनुष वाणले मलाई!!
ति कणुवा वचनले नै छाती चिस्किन्छ किन!!
२,
पींडा मनको
रूदा पनि आंशु नझर्ने कस्तो पींडा मनको रैछ!!
साच्चै उराठ लाग्ने दृश्य यो हरीयाली बनको रैछ!!
अचम्म लाग्थ्यो उनको सफलता ,ऐसोआराम देखेर!!
उनलाई शीखरमा पुर्याउने हात कालै धनको रैछ!!
सधै प्रस्न उठ्थ्यो यो मनमा आज बल्ल थाहा पाए!!
अन्धकारमा चम्कने ताराहरूको खेती गगनको रैछ!!
पैसामा बेचीएको छ शरीरको एक एक अंगहरू यहाँ!!
तिम्रो छेउमा गन्नाएको बास साच्चै तिम्रै बदनको रैछ!!
३,
परदेशको परदेशै भइयो
सधै परदेशको परदेशै भइयो जीन्दगीमा!!
भनि साद्दे छैन कति दुख सइयो जीन्दगीमा!!
चट्टान माथी ठुलो रूख थियो पैसै पैसा फल्ने!!
आखा चिम्ली भिरकै बाटो गइयो जीन्दगीमा!!
प्रतिस्पर्धा थियो समय संग पैसाको नशा भयो!!
आफ्नैको बिचमा पनि आज एक्लै रइयो जीन्दगीमा!!
४,
ठुलोभूल गरेछु
ढुंगालाई देउता सम्जिएर ठुलो भुल गरेकोछु साच्चै!!
दुख कष्ट हर्छ नै होला भनेर सारा घर भरेकोछु साच्चै!!
कोहि मन्दिरमा सजिन्छन त कोहि चट्टानमा बजिन्छन!!
बुझ्नै नसकेर यथार्थ, यसैको बीउ बारीमा छरेको छु साच्चै!
ढुंगा त ढुंगै हुदोरहेछ फुल जस्तो कोमल कहां हुन्थ्यो र !!
सुन्दैन मनको केहि कुरा बहिरोकै फेला परेको छु साच्चै!!
सडकबाट उठाएर घरमा सजाउनु अन्धविश्वास नै थियो
आज त्यही अन्धविश्वासमा तड्पी तड्पी मरेको छु साच्चै
५,
रावण अनि राम भन्छन मलाई
कसैले रावण त कसैले राम भन्छन मलाई!!
मेरो यथार्थ नै नबुझी बदनाम भन्छन मलाई!!
सधैभरी आफु जलेर जगाएको छु जगत सारा!!
सबैलाई न्यानो पार्ने सूर्यको घाम भन्छन मलाई!!
जोसुकैले जे भनेपनि म बिनाको कल्पना हुदैन!!
घरको खर्च चलाउने गोजीको दाम भन्छन मलाई!!
साच्चै संघर्ष को यस्तो परिचय दिएको छु की!!
सबैले चट्टानलाई फोड्ने फलाम भन्छन मलाई!!
मरेर पनि बाच्छु म इतिहास गवा हुनेछ ,किनकी!!
हरेकले नेपालको अब्दुल कलाम भन्छन मलाइ!!
६,
हारले जीत्न सिकायो
हारले सधै जीत्न सिकायो मलाई!!
रूंदा आखा मीच्न सिकायो मलाई!!
खुकुरीको चोट सहने अचानो बनाई!!
भित्रभित्रै मुटु थिच्न सिकायो मलाई!!
सधै संघर्ष को परिचय दिएर यस्तो!!
कुवाबाट पानी खिच्न सिकायो मलाई!!
त्यो गुलावको फुल टिप्नु भन्दा पहिले!!
कांडालाई पाउमा किच्न सिकायो मलाई!!
७,
मायाको भोको
हो हजुर माया र ममताको भोको मान्छे हु म !!
यातना र पीडाले मात्रै तड्पिएर रोको मान्छे हु म!!
झुट बोल्न जान्दिन तर झुटै छ संसार, साच्चै नै!!
शरीर सुन्दरता र पबित्र मनको चोखो मान्छे हु म!!
निकै बैरागीएको छ मन आफ्नैले लत्याएपछि!!
आशुहरुले नै गाला सुमसुम्याउदै धोको मान्छे हु म!!
आशु झार्दैमा नभन मलाई कायर डरपोक तिमी!!
आकाशका जुनतारालाइ उडेर छोको मान्छे हु म!!
८,
आजको रात मायाकै नाममा
आजको रात मायाकै नाममा गरौ न त!!
तिता मीठा बात मायाकै नाममा गरौ न त!!
बिर्सिएर अतितका पलहरू साच्चै नै अब !!
यी दुइटै हात मायाको नाममा गरौ न त!!
धेरै समय पछि भेट भाको छौ साथी हो!!
नया नौलो सौगात मायाकै नाममा गरौ न त!!
खुसीले मन आत्तिएको छ अनि मात्तिएको छ!!
थोरै नशाको मात मायाकै नाममा गरौ न त!!
९,
मायाको भोको मान्छे
आफु त माया र ममताको भोको मान्छे हु!!
यातना र पीडाले मात्रै तड्पिएर रोको मान्छे हु म!!
झुट बोल्न जान्दिन तर झुटो छ संसार, साच्चै नै!!
शरीर सुन्दरता र पबित्र मनको चोखो मान्छे हु म!!
निकै बैरागीएको छ मन आफ्नैले लत्याएपछि!!
आशुहरुले नै अनुहार सुमसुम्याउदै धोको मान्छे हु!!
आशु झार्दैमा नभन मलाई कायर डरपोक ,म त!!
आकाशका जुनतारालाइ उडेर छोको मान्छे हु !!
१०,
मानवताको परिचय
मानव भयर मानवताको परीचय दिनु पर्छ सधै!!
छाति चौडा पारेर यस्तो संकल्प लिनु पर्छ सधैं!!
कि भेदभाव नहोस कहिल्यै पनि मान्छे मान्छेमा!!
सबैलाई आफ्नै घरको पाहुना सम्जीनु पर्छ सधै!!
कहिले हार त कहिले जीतको यथार्थ हो जीन्दगी!!
संघर्षको भारी बोकी लक्ष्य तिर दौडिनु पर्छ सधै!!
मानौकी सफलता त्यो कमलको फुलमा सुनिश्चित छ!!
अब पक्कै हिलोमा हाम फालेर पौडिनु पर्छ सधै !!
११,
दिन ढलेर रातको आगमन हुदैछ!
बिस्तारै बिस्तारै दिन ढलेर रातको आगमन हुदैछ हेर!
ति गगनमा जुनतारा बलेर रातको आगमन हुदैछ हेर!!
सूर्यको गति रोकिदैछ आगनमा छाया आयो उसको!!
मेरो झोपडिमा दियो जलेर रातको आगमन हुदैछ हेर!!
दिनभरी पशिना बेचियो चट्टानसंग प्रतिस्पर्धा थियो!!
अब ति चट्टान पनि गलेर रातको आगमन हुदैछ हेर!!
डुल्छ मन मेरो कल्पनामा हराउछ चरित्र अचम्म छ!!
उसको बगैचामा चन्द्रमा फलेर रातको आगमन हुदैछ हेर!!
केसब थापा
गुलरीया बर्दिया