गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिका आउदै

विजय थापा,
वाशिंगटन डिसी साउन १४,

नेपाली गायन क्षेत्रमा उच्च स्थान ओगटेकी प्रख्यात गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिकाको डिसी आउने भएकी छिन् l नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जस मध्ये न बिर्सें तिमीलाई..., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् ।
नेपाली चलचित्रका लागि थुप्रै गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । उनको सर्वप्रिय गीत 'न बिर्से तिमीलाई' सर्वाधिक चर्चित गीत हो । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा पहिलो प्रस्तुतिमा कलाकार अन्जु पन्त लाई बोलाउने भएको हो

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया को मनासस शहरमा मा आगामी अगस्त १३ तारिख हुने भएको ईनास का पदाधिकारीले बताएका छन् l अन्तरराष्ट्रिय नेपाली कलाकार समाज भर्जिनिया शाखाका कृष्ण श्रेष्ठले ईनेप्लिज संग कुरा गर्दै छोटो समय भएकोले यस क्षेत्रका सबै नेपाली समुदायलाई परिवार सहित आई दिन आग्रह गरेका छन् l

यसै गरि ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कलाकार अन्जु पन्त लामो समय पछि अमेरिका आउने भएकोले हौसला दिन समुदायलाई बिशेष अनुरोध गरेका छन् l गायिका अन्जु पन्त ले दिएको संदेश सुन्न यहाँ थिच्नु होला l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com