गजल By,केसब थापा
तिम्रो मनको घाउ मेरो मनको घाउ उस्तै उस्तै लाग्यो!!
तिम्रो दुख्ने ठाउ मेरो दुख्ने ठाउ उस्तै उस्तै लाग्यो!!
माया र स्नेहको खानी हो खजाना छ भरपुर यसमा!!
तिम्रो किमती भाउ मेरो किमती भाउ उस्तै उस्तै लाग्यो!!
आज बिकौ न त मायाको बजारमा प्रतिस्पर्धा हुनेछ!!
तिमलाइ किन्ने साउ मलाइ किन्ने साउ उस्तै उस्तै लाग्यो!!
सम्बन्ध बनाउ संगै जीउने संगै मर्ने इसाराले बोल्दैछु !!
तिम्रो आफ्नै बाउ मेरो आफ्नै बाउ उस्तै उस्तै लाग्यो!!
केसब थापा
गुलरिया बर्दिया