गजल By, अम्बिका कार्की "अमु "
मलाई अब जानुछ तिम्रो शहर भन्दा टाढा
तलासै गरेपनी हुनुछ कहर भन्दा टाढा ।
समीप भै कालले मितेरी लाउँछ भनेपनी
एकाधिकारी झैं हिड्न लागें नहर भन्दा टाढा ।
झिगंटीका झिक्रे घर नै प्राणभन्दा प्यारो लाग्छ
दिपित शहर हुन्छ किन रहर भन्दा टाढा ?
दुराचरण हुँदै नाजुक हुदैछ मनुवा घाती
उपदेश बनिदियो यहाँ ठहर भन्दा टाढा ।
बुरबुरती झरेका ती बुद्दमार्ग छोडीसके
लरबराउदै हिड्नुपर्छ यो लहर भन्दा टाढा ।।
अम्बिका कार्की "अमु "
सर्लाही हाल चितवन ,भरतपुर