गजल By, गजल
चुनाव आउँदा गाउँ घरमा राजनीति तुफान चल्छ
घोषणा पत्र एजेन्डामा देश निर्माणको बखान चल्छ
नारा जुलुस घन्काउछन गाउँ बस्ति चोक चोकमा
पार्टी बिचमा होडबाजी र प्रचारबाजी उठान चल्छ
झुक्याउनलाइ दौडधुप गरिवका ति झुपडीमा
झुटा सिदान्तका चिप्ला भाषण रटान चल्छ
सत्ता भत्ता कुर्चीखेलमा समयलाइ नष्ट गरि
संबिधान संसोधनकै सोधखोजको बिधान चल्छ
इमानमा चल्न सके पाउछन बिश्वास जनताको
हारजित कसको भन्दै अभिमतको किटान चल्छ
कल्पना पौडेल "जिज्ञासु "
गैडाकोट नवलपरासी