जाँचपछी गर्भपतन पढे सरकार !

भनिन्छ नारीहरूले आधा आकाश आधा धर्ती ओगटेकाछन् र हकाधिकार पुरुष समान हो तर प्रतिशतका आधारमा हक छुट्ट्याईयका नारीहरूका निम्ति भ्रमरिका खेल हुन् ।

नारीहरू केवल मुठरो वा सजाइएका खेलौना भन्दा फरक त देखिदैन त्यो कसरी भने हाम्रा सामु यस्ता घटनाहरू छर्लङ्ग छन्  र पनि मुकदर्शक बन्नु शिवाय बिकल्प छैन । देशमा तनाविय अवस्था अनि पश्चिमी संस्कारको बादलले ढपक्क ढाकीरहदाँ त्यसका ठाडो असर भने नारीहरूले भोग्नुपरिरहेको छ।कोमल हृदय भएका नारीहरू प्राय: मोहमा फसेर कलंकित हुन परेको छ भने कयौं नारीहरू दिनानुदिन दैत्यको आहार भएकाछन् ।

यौन आनन्द मेटाउन न बालिका न बृद्द या मानसिक स्थिती गुमेका सबैलाई आहारा बनाएकै छन् ।लाखौंनारीहरू खसी बाख्रा किनबेच भए झैं बम्बैको कोठी पुगेर कसैका प्यास मेटाउने पिडालाई सहन नसकी चिच्याईरहेकाछन् । देश भित्रै दाइजोको निहुँमा कयौँले ज्यान गुमाए भने कयौंले दैनिक मानसिक यातना झेलिरहेकाछन् ।नारीहरू जसलाई आफ्नो सर्वस्व ठानेर पति नै पर्मेस्वर हो भनेर पुज्दछन्  तिनैबाट बन्चरो प्रहार होस् या तातो तेल खन्याईएको होस्  यातना खेपेकाछन् ।हाम्रा अगाडि कतिलाई बोक्सिको आरोपमा निर्मम् हत्या गरिएको घटना ताजा छन् यस्ता समस्या दिनानुदिन बढीरहँदा सरकार भने चुपचाप हेर्दैछ । 

कति ठाउँमा मौका मिले सम्म  यस्ता घटना नै गुपचुप पार्न पछि नपरेको घटनाहरू देखिएको छ। ए! देश हाक्नेहरू हो!तिम्रा भाषणले मात्र महिला हिंसा रोकिदैंन यदि हिंसा दोहोरीन नदिन चाहाने हो भने कुनै त्यस्ता कडा कानुन बनोस्  ती ठेलीले नै अपराधी निर्मुल हुन् यदि होइन भने हामी महिलालाई निशुल्क उपचार ब्यबस्था भन्दा अगावै सुरक्षित हुनुछ अबको पिढीबाट नारी नै पैदा हुनबाट रोक्न गर्भिणीको जाँच गराएर   छोरी देखिए भने अनिबार्य गर्भपतन  गराउने ब्यबस्था मिलाऊ सरकार!

अम्बिका कार्की "अमु"
सर्लाही हाल भरतपुर, चितवन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com