गजल By, केसब थापा
कमलको फुललाई हेरेर भयपनि बांच्न सिक तिमी।।
आफ्नो गलामा पासो बेरेर भयपनि बांच्न सिक तिमी।।
बुझेनौ महत्व जीवनको खाली बोझ सम्झीन्छौ किन।।
भाग्यलाई निधारमै केरेर भयपनि बांच्न सिक तिमी।।
संघर्ष गर ,सधै मुस्कुराउ,रोयौ त दुनियाको मजाक बन्छौ
पींडामा बल्झिएको मन फेरेर भयपनि बांच्न सिक तिमी।।
आंशु लुकायर हांस सधै संसार जित्नु छ जरूर एकदिन।।
समसान घाटमा पाउ पसेरेर भयपनि बांच्न सिक तिमी।।
केसब थापा
गुलरिया बर्दिया