सिद्धान्त र व्यवहारको बीचमा भिन्नता

             कल्पना पौडेल "जिज्ञासु "
मेरो सुरुदेखि नै बामपन्थी विचार भएका व्यक्तिहरु सँग संगत रह्यो | त्यसैले कम्युनिष्ट पार्टीका घोषणा पत्र र मार्क्स एड्गेल्स लेनिन , माओका जीवनीहरु पढे | पढी सकेपछी कम्युनिष्ट पार्टीको निर्देशनमा संगठनमा बसेर काम गर्न मन लाग्यो | मलाई देशभित्र र विदेशमा यसरी काम गर्ने अवसर पनि मिलेको थियो | 

त्यतिखेर मलाई कम्युनिष्ट पार्टीभित्र कम्युनिष्ट नैतिकता र प्रगतिशील सस्कृति अनुरुप काम भएको होला भन्ने लागेको थियो विदेशको बसाइ सिध्याएर नेपाल फर्केपछि नेपालका सबै कम्युनिष्ट पार्टीका प्रमुख नेताहरु संग घुलमिल हुने मौका पाए | तर भेटेकामध्ये धेरै व्यक्तिहरुमा मैले पढे शोचे र अध्ययन गरे अनुरुपको कम्युनिष्ट नैतिकता पाउन सकिन | नेपालका कम्युनिष्ट पार्टीहरुले मार्क्स एड्गेल्स लेनिन , माओको नाममा जनतालाई झुक्याउन खोजिरहेको त होइन भन्ने कौतुलता जाग्यो |
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको पनि झन्डै सात दसक बित्न लाग्यो | तर अहिलेसम्म पनि कम्युनिष्ट पार्टीहरुमा पूंजीवादी चिन्तन हावी भएको पाइन्छ | बर्जुवा सोचाई हुनु , धर्मकर्म बाट मुक्त हुन नसक्नुको कारणले पनि हामि पछी परेको त होइन ? यस्तै अबस्था रही रहने हो भने नेपालमा अझै सय बर्ष पुग्दा पनि परिवर्तन आउला जस्तो लाग्दैन | त्यसैले अब यस विषयमा समीक्षा गर्ने बेला आएको हो कि ?

जुन जुन देशमा कम्युनिष्ट ब्यबस्था लागु भए , ति देशमा कम्युनिष्ट नेताहरुले नीति सिद्धान्तर नैतिकताभित्र रहेर मार्क्स , एड्गेल्स ,लेनिन माओको सिद्धान्तलाई अनुसरण गरेका थिए |त्यस कारण ति देशमा  सामाजिक परिवर्तन गर्न सफलता मिल्यो | यता हाम्रो देशमा यतिका बर्ष बितिसक्दा पनि हामि जहाँको त्यहिँ छौं | हामीले सहि शिक्षा दिन नसक्नु र आदर्श आचरण प्रस्तुत गर्न नसक्नुको कारणले नयाँ पिढीमा पनि बितृष्णा जाग्दै गएको छ | हामी बेलैमा सचेत नभई  तिनै रुढीवादी परम्परा , धर्म , पूंजीवादी चिन्तन , विलासिताको जिन्दगीमा अल्झियौ भने देशमा सामाजिक परिवर्तन गर्न सकिएला ?

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com