पोखरामा निःशुल्क स्वास्थ्य शिविर

पोखरा असार १४,

चिल्ड्रेन नेपाल र लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर मङ्गलबार सम्पन्न भएको छ।

शिविरमा चिल्ड्रेन नेपालबाट सहयोग प्राप्त गरेका अभिभावक र बालबालिकासहित दुई सय ४८ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा बालरोग, स्त्रीरोग, हाडजोर्नीलगायतको सेवा प्रदान गरिएको लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माले जानकारी दिए।

पोखरा लेखनाथ महानगरपालिकाका–७ का अध्यक्ष रामचन्द्र बरालले शुभारम्भ गरेका थिए। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com