रामेछाप जेठ २९,
अप्रिल अधिकारी : जिल्लाको मन्थली नगरपालिका स्थित मन्थली बजारमा भौतारिएर हिँड्ने एक गर्भवती महिला बिचल्लिमा परेकी छिन् । बर्ष २६ की जानुका सार्कीले छोरी जन्माएसँगै आफू र नवजात शिशु बिचल्लिमा परेकी हुन् ।
नागदह माइती भएकी जानुका विगत केही समय देखि मानसिक रोगी रहेकाले घुम्दै मन्थली आइपुगेकी थिइन् । यही क्रममा उनको मन्थली नगरपालिका २ मा माग्दै हिँडेका मसिने सार्कीसँग भेट भएको थियो ।
मसिनेले जानुकालाई आफ्नो श्रीमति भन्दै सँगै लिएर हिँड्न थाले । त्यति बेला उनी गर्भवती भई सकेकी रहेछिन् । उनको गर्भ बढ्दै गयो । अहिले जानुका सुत्केरी अवस्थामा सदरमुकाम मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकी छिन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएको एक हप्तासम्म राख्ने सक्ने व्यवस्था रहेपनि बाँकी दिन राख्न कठिन हुने केन्द्रका कर्मचारी बताउँछन ।
दयनिय अवस्थामा रहेकी जानुकालाई प्राथमिक स्वास्थ्य केन्द्रबाट निकाल्ने हो भने उसको बिजोग हुने अबस्था छ, निकाल्नु पनि कसरी ? न त लैजाने मान्छै नै छन्, न त स्वास्थ्य केन्द्रमा लामो समय राख्ने सक्ने अवस्था नै छ, केन्द्रका स्वास्थ्यकर्मी भरत कुमार श्रेष्ठले बताए ।
केन्द्रमा राख्ने समय सकिएको भएपनि महिला तथा बालबालिका कार्यालयले ५ हजार सहयोग गर्ने भनेपछि केही दिन थप राखेका छौँ स्वास्थ्यकर्मी श्रेष्ठले भने ।_महिला खबर;