मुक्तक (भलाकुसारी)


मुक्तक द्वारा परदेश गएको भाइ र दिदीको भलाकुसारी

तरल तेज

आउन लाग्यो दशै तिहार मन रोको छ दिदी
गुमाएर आफ्नो आकार मन रोको छ दिदी ।
सयपत्री फुल्न थाले मार्से धान झुल्न थाले
हजुर सम्झी मेरो बारबार मन रोको छ दिदि।

अम्बिका

सम्झिदैछु बालत्व बुझ्ने भएर परदेश गाछ
सयपत्री ओइलाएको अहिले दस साल भाछ ।
साहुको ऋण चुक्ता गर्छु अनि घर बनाउछु
भन्दै बिदेश गयौ तिमी सम्झिदैमा बैराग लाछ।

तरल तेज

मेरो हर रात हर दिन पिरै पिरले मुटु जल्छ
हुर्किएकी दिदी छिन पिरै पिरले मुटु जल्छ।
खेत छैन कमाई खाने,न त बस्न घर नै छ
थाप्लोमा ऋणै ऋण पिरै पिरले मुटु जल्छ।

अम्बिका

दुख गरि पढाएथें देशमा काम भेटिएन
हामी जस्ता दुखिका दुख कहिल्यै मेटिएन ।
कस्तो छ भाइ डिउटी तिम्रो सन्चै नै छौ होला
बाउ आमाको सपना कुनै दिन फेटिएन ।

तरल तेज

बुझ्दैन कसैका दुख पीर पत्थर न हो
यो सरकार त्यो मन्दिर पत्थर न हो ।
रगत चुसेको जुगा सरी मस्त निदाछ
पत्थर न हो यो आखिर पत्थर न हो ।

अम्बिका

आउ भाइ फर्केर घरजम सम्हाल्नुपर्छ
देशको बाटो नहेर्ने नै बानी बसाल्नुपर्छ ।
कुनै जोगि आएर रोजगार आशा भएन
न्यास्रो मेटेर पसिनाले  ज्यान पखाल्नुपर्छ।

तरल तेज

घर आए भोको पेट के गरेर पाल्नु
छैन घर छैन खेत के गरेर पाल्नु ।
रोजगार नि पाईदैन गाउघर तिर
भन्नुस् मैले हजुर समेत के गरेर पाल्नु ।

अम्बिका

कहिलेसम्म  परदेशिने  बिडम्बना  भर्दैछ
मेरो भाइ फर्कने भाका झन्- झन् उता सर्दैछ।
बा आमाको सास जादाँ मुखमा पानी हाल्नपनि
पाउदैनौ  भनेर मेरो मनमा पिर पर्दैछ।

तरल तेज

सम्झि घर,बाआमा आउछु नि म दिदी
नझार आँसु आँखामा आउछु नि म दिदी ।
एक वर्षमा साहुको ऋण चुक्ता गर्छु अनि
पर्ख अर्को पालामा आउछु नि म दिदि ।

अम्बिका

हुन्छ कान्छा बर्ष दिन घर म धानौंला
जहाँ जान्छन् आमा बा डोर्‍याउँदै तानौला ।
यहि भन्छु वहाँलाई छोरो आउँछ भनि
संगै बसेर  तिहारमा ओखर हानौला ।।

समाप्त

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com