गजल By, केसब थापा
को नारी अनि को पुरूष सबै बराबर छन यहां।।
तर आफ्नै मस्तीमा रमाउने परम्परा छन यहां।।
मेटिदैछ अस्तित्व प्रकृतिको दोष व्यक्ति कै छ।।
हरीयाली मासीएर वनको ,मान्छे भराभर छन यहां।।
सुन्दर वगैंचा भयपनि, छैन वास्ना महकिने फुलको।।
मात्र शरीरलाई बल्झाउने कांडा छराछर छन यहां।।
बढ्नु छ अघि जसोतसो, न आफ्नो भन्छ न पराइको
हे र खुनको नदि बगेको,कति मान्छे मरामर छन यहां।।
केसब थापा
गुलरीया बर्दिया