महिलाले बनाए सडक..

photo google
काठमाडौं जेठ २४,

बर्खा लागेसगैँ हिलम्मे हुने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ को सडक यो वर्ष भने सहज भएको छ ।

साविक राम्चे गाविसको १ र २ नम्बरमा पर्ने नांगी गाउँका महिलाले आफ्नै सिप र श्रम प्रयोग गरेर ४ सय २५ मिटरको सडक सोलिङ गरेका छन् । सडक बाटो निर्मार्णका लागि डेढ सय जना महिलाहरुले एक–एक दिन श्रमदानका साथै पाँच दिन ज्यालामा काम गरेका थिए ।

बाटो निर्माणका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविकको गाविस कार्यालयले तीन लाख ५० हजार रुपैँया बजेट विनियोजन गरेको थियो ।

बर्खासगैँ हिलाम्मे हुने बाटो निर्माण भएसगैँ सवारी साधन आवातजावतका साथै यात्रुलाई समेत सहज भएको उपभोक्ता समितिका सचिव माया पुनले बताउनुभयो । महिलाहरुले काम सुरु गरेको एक महिना दिन अघि नै सडकको काम सम्पन्न गरेका छन् ।

गत वर्ष समेत फलामे डाडाँ नागी राम्चे सडक महिलाले नै सम्पन्न गरेका थिए । अहिले गाउँमा युवाहरु विदेशीने क्रम बढ्दै जाँदा खानेपानी, सडक, भवन निर्माणको काम महिलाले नै सम्पन्न गर्दै आएका छन् _महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com