गजल By, केसब थापा
हेर ,कति सुन्दरताले भरीएको छ मेरो देश।।
वास्ना मगमगाएर चारैतिर छरीएको छ मेरो देश।।
हासेको छ त्यो सेतो हिमाल सधैभरी मुस्कुराएर
कहिल्यै नझुक्ने शीर भनी वर्णन गरीएको मेरो देश।।
विस्तारै विस्तारै मीठास सभ्यताको हरायर यहां
लाग्दैछ अब अर्कैको काखतिर सरीएको छ मेरो देश।।
कतै गुलाम भयर पो बाच्नुपर्ने हो भन्ने डर लाग्दैछ
किनभने पराइको कन्दाले दरीएको छ मेरो देश।।
केसब थापा
गुलरीया बर्दिया