गजल:- देशको माया


गजल By, केसब थापा

परदेशमा भयपनि  कति सताउंछ देशको मायाले।।
वयान गर्नै सक्दिन कति अताउंछ देशको मायाले।।

किन  मजाक उडाउछौ ,छाती चिरेर देखाउ की त।।
वर्णन कसरी गरू कति मतमताउंछ देशको मायाले।।

बलिदान भयो शरीर बांचे उसकै लागी मरे उसकै लागी।।
जुनुन हेर जतिसुकै घाममा पनि तताउंछ देशको मायाले।।


लडेको छ रणभुमीमा जननी जन्म भुमीको लागी
गोली लागेर छातीमा फतफताउंछ देशको मायाले।।

साच्चै ,छैन भरोसा जीन्दगीको ,आज हो की भोली
शरीर खुनले रंगीएर लतपताउंछ देशको मायाले।।

केसब थापा
गुलरिया बर्दिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com