गजल By, अम्बिका कार्की "अमु "
नेपालकी हौ कि तिमी नानी भारतको ?
भनीदेउन ठुली छौ कि सानी भारतको ?
उत्तरबाट बग्दैछीन् नदि दक्षिणतिर
काली ,कोशी ,गण्डकीका पानी भारतको।
उत्तरतिर हाँसेका ती सेता हिमाललाई
सिमा गाड्ला चिनलेपनि छा´नि भारतको।
जुनै जोगि आएपनी सत्ता भित्र पस्दा
आज्ञाकारी हुन्छन् आदेश मा´नी भारतको ।
नुन, तेल, सियोपनि उतैबाट धान्नुपर्छ
मेरो देशको पेट्रोलियम खानी भारतको ।
नेपालीका पोशाकमा संसदभवन छिर्दा
काम्न थाल्छन् नेताहरु धामी भारतको ।
जंगल पस्दा बन्दुकपनी थिए त्यतैका
पाउ मोल्छन् मोदी प्रभु ठा´नी भारतको ।
बहादुरका पसिनाले बन्यो उसका देश
योजना हुन् हाम्रा शक्ति ला`नी भारतको ।।
अम्बिका कार्की "अमु "
सर्लाही हाल भरतपुर ,चितवन