गजल By, केसब थापा
सेतो कपडा लगाएर कालो धन्दा गर्दैछ मान्छे।।
साच्चै नै मानवताको परिचय गन्दा गर्दैछ मान्छे।।
सधै छल कपट गरी अगाडी बड्न खोज्छ जाली
सेवा धर्मको बहाना बनाई एकट्ठा चन्दा गर्दैछ मान्छे।।
कति लालच भरीएछ पैसामा शरीरलाइ बेच्न खोज्छ
बुझेको छैन अझै व्यक्तित्को भाउ मन्दा गर्दैछ मान्छे।।
पछुताउनु पर्नेछ एकदिन आफ्नै कर्मको कैदि बनेर
शरीर सुन्दरताले भरीपनी मनलाई अन्धा गर्दैछ मान्छे।।
केसब थापा
गुलरिया बर्दिया