गजल By, केसब थापा
हिलोमै भयपनी कमलको फुलझै फुल्नु छ मैले।।
संघर्ष गरेर जरूर एकदिन दुनिया बदल्नु छ मैले।।
चोटहरूको पीडाले दाग बसेको छ मनमा यहा
अब आशुको धाराहरूले यसलाई धुल्नु छ मैले।।
सत्रुहरू भन्दैछन म मरेपछी संसार बदलिन्छ अरे
अब कालको डोरीमा फासी लगाइ झुल्नु छ मैले।।
जानेको छु ति आवारा अनि पशु सरह लुटेरालाई
बाधेर बाख्राको गोठमा तिनलाई हुल्नु छ मैले।।
समय बदलियला पक्कै यहाँ त्याग तपस्या गरेपछी
दिन आयो अब महात्मा बनेर संसार डुल्नु छ मैले।।
केसब थापा
गुलरिया बर्दिया
हाल भारत