गजल By, केशब थापा
पैसामै शरीर बेच्नेहरूको लहर भयो यहाँ।।
मात्र इज्जतको भाउताउ गर्ने शहर भयो यहाँ।।
हेर्दैछु दुनिया नियालेर कहा गयर टुङगीने हो
मात्र धम्किले अधिकार जमाउनेको कहर भयो यहाँ।।
कस्तो परिवर्तन देख्दैछु म दंग छु आफै आफैमा
मात्र शरीर संग खेलवाड गर्ने रहर भयो यहाँ।।
हराउदैछ हरीयाली कराउदैछ अस्तित्व प्रकृतिको
मात्र मीठास अमृतको हराएर जहर भयो यहाँ।।
निकै स्वार्थी बन्दैछ मान्छे झनझन ईर्ष्या बढ्दैछ
मात्र छड्के नजर लगाउनेको प्रहर भयो यहाँ।।
केशब थापा
गुलरीया बर्दिया
हाल भारत