गजल By, केसब थापा
भाग्य फेरीएनी समय खराब चल्दैछ हेर।।
बीना तेलको दियोमा आगो बल्दैछ हेर।।
कलियुग हो यो नपत्याउदो दृश्य देखीन्छ
चट्टान पनि मइन भयर अब गल्दैछ हेर।।
अब पर्दैन कसैले कसैलाई जलाउन यहा
खुद मान्छे मान्छेलाई देखेर जल्दैछ हेर।।
सक्दैनौ केही गरी जीत्न समयलाई, सक्छौ भने
रोकेर देखाउ सुर्यको प्रकाश ढल्दैछ हेर।।
शीशामा हेर्छ चित्र तर चरीतार्थ देखीदैन
थाहा पाएर अब कालो मोसो दल्दैछ हेर।।
बुझ बुझ सयको महत्व नबुझे पश्चात होला
कानमा सुटुक्क भन्दैछु समयले छल्दैछ हेर।।
केसब थापा
गुलरीया वर्दिया
हाल भारत