सम्माननिय प्रधानमन्त्री ज्यु ,
तपाईले दश बर्ष जनयुद्द के का लागि गर्नुभयो? सत्ताको लागि या आमूल परिबर्तनका लागि ?
दाजु !त्यो दिन मेरा आँखा वरिपरि झलझली घुमीरहेको छ। परिवर्तन गराउनका निम्ति तपाईं जंगल पसेर हिमाल ,पहाड तराईसम्म बित्पात फैलाएर घर घरबाट निकालेर कसैका छोरा,कसैका बुहारी ,कसैका छोरिलाई विभिन्न प्रलोभन देखाई जंगल पसाउनु भएकै हो । त्यसबेला ती पार्टिका नाम सुन्नासाथ सायदै नकाप्ने कोहि सर्बसाधारण थिए ।
त्यतिबेला तपाईलाई साच्चै नै पोटबार्ह परेकै हो । तपाईका सहयात्रीहरू बैध ,बाबुराम ,बिप्लब र तपाईं भएर उधुम मच्चाउनु भयो । जनताले पनि साच्चै परिवर्तन होला भन्ने भ्रामित आशमा तपाईंका साथ दिएका थिए। त्यो दर्दनाक अवस्था सम्झदाँ अहिले पनि मुटु काँप्छ/भक्कानिन्छ । रेडियो खोलेर सुन्यो भने हात खुट्टा कापेर घरको कामपनी हातमा आउँदैनथियो । कतै शिक्षक पिटेर मारेको सुनिन्थ्यो त कतै खुकुरी प्रहारबाट फलानोको हत्या भन्ने सुनिन्थ्यो कतै प्रहरीलाई एम्बुस थापेर गाडी उडाएको सुनिन्थ्यो त कतै प्रहरी चौकीमा बम ब्लास्ट भएका खबर हुन्थे ।गाबिस भवन त कति सखाप भए भए । जहाँ -जहाँ जे - जे गरेपनी नेपाली जनता मरेका थिए ।
राज्यको ढुकुटि सर्बनाश भएको थियो । कति गाउँमा हल्लियर हिड्ने युवाहरू त कोहि बाध्यताले रोजिरोटि त्याग्न बाध्य पारिएका युवाहरू तपाईका रक्षक बनेर बम ,बारुद बनाउने ट्रेनिङपनि लिए।लाखौंका हातमा कटुवा थिए ।घरमा लालाबाला , बुढा बा आमा छोडेर तपाइको बाध्यतामा गएका थिए बिचराहरू कतिले आमा बा का किरिया समेत गर्न पाएनन् ।यस्तै - यस्तै बेदना झेल्दै ती निर्दोषहरू तपाईंका योजनामा होहोरे मिलाईरहेका थिए।
देशलाई पनि सबै मिलेर दलदलमा फसाउनु भएको ध्रुब सत्य हो ।त्यही बेला देखि जातिय र अलग राज्यको लागि लड्न लागे दाजुभाईहरु यो तपाईं कै खेलले भयो । त्यतिबेला सम्म १७००० मरिसकेका थिए । राज्यले तिनै १७००० का परिवारलाई सान्त्वना स्वरुप राहत भर्दै गयो अनि तिनका सन्ततीलाईपनि शिक्षाको लागि केही हद सम्म भएपनी छात्रबृती ब्यबस्था मिलाउँदै गयो फेरिपनी पहिला तपाईंहरूका टाउको को मूल्य तोकेको राज्य पक्षले अन्तिममा तपाईलाई घुँडा टेकाएरै बार्तामा आउन बाध्य बनाएर तपाईंले जे - जे प्रस्ताबहरू राखेपनी पुरागर्दै गयो । तपाईका सेना बिचराहरू कयौँको बिल्ली बाठ भएर कति परदेश तिर छिरे कति गाउँ फर्केर घरखेती सम्हाल्दैछन् । यो सर्बबिदितै छ । त्यसपछी तपाईंलाई नै यो राज्यको तालाचाबी सुम्पिय । त्यतिबेला देखि तपाईले बनाउने सिँगापुर हेरिरहेकै छौं सायद त्यही सिंगापुरमा अंश नमिलेर होला तपाईका सहयात्रीले पनि तपाईंको साथ छोड्न थाले ।
घाइते अनि मृतक प्रहरिले पाउने सेवा सुबिधा जे थियो पहिले त्यो कटौती गरेको तपाईको हातले हो । मृतक ,घाइतेका सन्ततिले १२ कक्षा भन्दा सुबिधा नपाउने र जति सन्तान भएका भएपनी ३ जना बच्चाले भन्दा राज्यको सुबिधा नपाउने बनाएको तपाइले हो ६ वटा सन्तान हुनेका पनि तिनवटै हुन् भन्ने साबित गराउनु भो अरे वा दाजु !सलाम छ । तपाईंका सन्तानले हरेक सुबिधा पाउँदा मृतक ,घाइतेका सन्तानले नपाउने?? दाजु! तपाईका यस्ता - यस्ता ब्यबहारले तपाईं प्रतिको जन भरोसा टुटेको हो । मलाई लाग्छ जंगल बाट राजनिती सुरु गरेकाले राज्यमा पुग्दा अल्ताल्लिनु भो र हाल फेरिपनि तपाईं राज्यको त्यही कुर्सिमा हुनुहुन्छ त्यति गरेर ल्याएको लोकतान्त्रीक गणतन्त्रको खिल्ली तपाईले नै उडाउँदै हुनुहुन्छ।
बिकासका कार्यमा पनि जुन पुर्ब योजना अरु दलले गरेका थिए त्यतिमै सिमित देखें हुन त मेरा आँखा त्यता नहुनसक्छ ।कतै शिलान्यास भईसकेका ठाउँमा पुन : शिलान्यास गराउनु भयो ।दाजु ! निजगढमा त देउवाले शिलान्यास गरेका थिए होइनर ? देशको सिमाका लागि मरेको होस या टिकापुरमा प्रहरी जलाएको काण्ड होस् तपाईले दिलाउने सम्मान देखाउनुभयो उता मेरै कर्कीनि दिदी तिरको न्यायलयमा समेत तपाईका तागत देखाउनु भाथ्यो तर सफल नभएपनी रमिता हेरियो ।दाजु! यसै पालिको २०७४ को गणतन्त्र दिवसका दिन समाजसेविलाई सम्मान गरेकोपनि टिभिमा हेरेका थियौं हाम्रो सर्लाहिको बरहथवामा हाटबजारमा बेच्न राखेका खसी बाख्रा उठाए झैं लाग्यो । झ्याप्प उठाउँदा कोहि राम्रै पर्छन् कोहि रोगी मरन्च्यासे पर्छन् त्यतै पो देखें धेरै समाजसेवी अटाएनछन् क्यारे बरु कुलमानलाई पनि दिएका भए के बिग्रन्थ्यो ??
५१४ को साटो १०२८ पुर्याएको भए हुनेथ्यो । यता भरतपुर कै कुरा पनि उस्तै पो छ । रेणु मेरि भदैनी हुन् ।सलाम ठोक्छु किनकी उनी साहसी हुन् । म पनि महिला हुनाले उनको सम्मान गर्छु तर मेरि ती बैनिलाई ढाल बनाएर तपाईले राजनिती नाच्न लाग्नु भएको सारा दुनियाँले त्यो नाङ्गो नाच के हेर्नू भन्नलागे ।त्यो पनी बिचरीलाई तपाईंकै कारणले राजनितिमा घर न घाटको बनाउनु भो यसमा तपाईको हात छ बिन्ती छ दाजु ! भो अब घिनौना खेल देखाउन छोड्नुहोस् नत्र अब हुने चुनाब र पाचँ बर्षे चुनाबमा अलिअलि बाँकी रहेको जरापनि जनताले खनेर उखेली मिल्क्याउनेछन् अर्को कुरो यो बजेटले गरिखाने बर्ग र बिदेशिएका मेरा दाजुभाई , दिदीबैनी सन्तुष्ट नभएपनि मेरो देश सिँगापुर बनोस् मेरोपनि चाहना यहि छ ।आफैले बम ब्लास्ट गरेका चिजहरू सजाउनुहोस् ।
यति भन्दै गर्दा तँ को होस् भन्ने सबाल उठ्ला तपाईंका मन भित्र ल सुन्नुहोस् । यो चितवन बिकसित भएपनि यहि क्षेत्र भित्र दुर्गम मानिने माडी नपामा जन्मिएकी चेली हुँ अनि सिके रावतले आफ्नो बाउको बिर्ता सम्झेर यति भेग मेरै हो भनेर हैकम जमाउन खोज्ने त्यही ठाउँमा कर्मथलो भएकी र तपाईले गरेको १० बर्षे जनयुद्द्ले मर्माहित तुल्ल्याईएकी एउटि अपाङ्ग हुँ ।
यति भन्दै आजलाई बिदा चाहेँ ।
उही
अम्बिका कार्की "अमु"
सर्लाही हाल भरतपुर, चितवन ।