गजल:- हाँस्नु मात्र होईन जीवन...


गजल: By, हरी गौतम

हाँस्नु मात्र हैन जीवन,रूनु पनी पर्छ एकदीन.!!
फक्रिएको फूल पनी त, ओईलीएर झर्छ एकदीन.!!

धनी-गरीब जे भएनी,सबै उस्को खेल हो यो,
धैर्य राख ईस्वरले नि..तिम्रो दु:ख हर्छ एकदीन.!!

आफ्नै हात हतीयार वनाई,यो समाजमा जियौ भने,
यही कलमको मसिले नि, नगर्ने काम गर्छ एकदीन.!!

भाग्यलाई दोष दीएर, जिउँदो लास भई बाच्नु भन्दा,
नडराई अघी बढ्, दुखी जीवन टर्छ एकदीन.!!

दु:ख कष्ट जे पर्दा नि..मुस्कुराईदिए यदी तिमी,
साथी तिम्रो साहस देखी, दैव पनी डर्छ एकदीन.!!

[[२"हाँस्नु मात्र होईन जिवन,रूनु पनी पर्छ एकदीन.!!
फक्रिएको फुल पनी त,ओईलिएर झर्छ एकदीन.२"]]

हरी गौतम
(अर्घाखाँची)
-खनदह३|| हाल-भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com