अमेरिकामा नेपाली मूलका यूवा कलाकार मूर्तिकार नेत्र खत्रीको मूर्तिकला प्रदर्शन

 विजय थापा,
वाशिंगटन डिसी बैशाख १९,

अमेरिकाको सेन्ट लुइस मिजौरीमा नेपाली मूलका यूवा कलाकार मूर्तिकार नेत्र खत्रीले बनाएका मुर्तिकला प्रदर्शन गरिएको छ l उनले नेपाल र नेपालको कलालाई प्रबर्धन गर्ने हेतुले उनले बिदेशीहरुको लागि प्रदर्शन गरेका हुन् l 
उक्त मूर्तिकला प्रदर्शन उनले सेन्ट लुइस मिजौरी को मस्टरसिड आर्ट ग्यालरी (कला केन्द्र)मा गरेका छन् l सम्भवत कलाकार खत्री अमेरिकाको ईतिहास मा नेपाली मूलका कलाकार मध्ये कै मूर्ति प्रदर्शन गर्ने पहिलो नेपाली कलाकार मूर्तिकार बन्ने अवसर पाएका छन l 

नेपाल बाग्लुंग निवासी २५ बर्षिय नेत्र खत्री रविन खत्री नामले पनि चिनिन्छन l दुई बर्ष अगाडी सन् २०१५ मा अमेरिका आएका युवा मूर्तिकार रबिन खत्री सानो उमेरमा आफ्नो काका चित्रकार तथा कलाकार भएकोले काका बाट उत्प्रेरित भै चित्रकला कोर्न सुरु गरेको बताए l 

काका कलाकार भएको नाताले त्यो देखे पछि चित्रकला बनाउने र मुर्ति कुद्ने काममा झुकाव भएर आफुले त्यो तर्फ लागेको जानकारी गराए l मानिस बिभिन्न कारणले कलाकार भएता पनि म आफु मुर्ति निर्माण गर्दा आफूलाई चरम आनन्द आउने भएकोले यस पेशामा होमिएको बताए l 

सानो उमेर देखि नै कलाकार बन्ने ईक्षा भएकोले उच्च माध्यमिक उत्रीण गरे पछि ललितकला क्याम्पस मा सन् २००९ मा ललितकलामा खत्रीले प्रवेश गरेका हुन् l 

ललितकलामा प्रवेश गरे पछि मेरो प्राबिधिक,रचनात्मक तथा विश्लेषणनात्मक क्षमतामा वृद्धि हुनमा ठुलो मद्दत पुग्न गयो l जसको कारण कलाकार खत्री भन्छन ,कलाकार भनेको एक जीवन शैलीको अतिरिक्त व्यवसाय पनि हो l त्यसैले मैले यो अपनाए र यसलाई निरन्तरता दिने कुरामा आफू बिश्वस्त रहेको बताए l  

खत्रीले ईनेप्लिज लाई केहि दिन पछि फेरी अर्को मूर्तिकला प्रदर्शन गर्ने बताए l 



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com