गजल By, अम्बिका कार्की " अमु "
त्यो निभेको पानस फेरि बल्न सकोस् ।
गिट्टि कुट्छौ दिनभर बगरमा गइ
परिश्रम लुट्ने प्रथा ढल्न सकोस् ।
कहिले हथौडा, गैची ,बेल्चा हातमा
उचित श्रमले नै ठेला गल्न सकोस् ।
कुर्सीको लडाइँ जो जोगि आएपनि
मजदुरका शासन यहाँ चल्न सकोस् ।
बालकहरुहुन् भबिष्यका कर्णधार
श्रम अन्त्य गर्ने आशा फल्न सकोस् ।
एकजुट हौ अब ए मजदुर हो !
तिमि देख्दा बैरीपनि जल्न सकोस् ।
अम्बिका कार्की " अमु "
सर्लाही हाल भरतपुर, चितवन