गजल By, अम्बिका कार्की "अमु "
जगतकी जन्म जननी ममताकी खानी तिमी
गर्भमा राख्यौ नौ महिना त्यसैले रानी तिमी ।
चुसायौ स्तन कयौं रात जागा बसेरै भएपनि
रिसाएर सन्तान आगो हुदाँ भयौ पानी तिमी।
काखको बालक रोयो भने रुन्थ्यौ आफुपनी
तोते बोली फट्कार्न उसंङै भयौ सानी तिमी।
न सोच्यौ कहिल्यै कु-भलो न लग्यौ कु-बाटो
संस्कार र सुमार्ग डोर्याउने हौ ज्ञानी तिमी ।
पिठ्युँमा बोकेर सबै कार्य गर्यौ नमानी झर्को
बिना स्वार्थ लालाबालाको लागि जानी तिमी।
अम्बिका कार्की "अमु "
सर्लाही हाल भरतपुर ,चितवन