गजल By, अम्बिका कार्की,
इज्जतको ख्याल गरौं, दाम ठूलो होइन
ठेट बोली बोल्ने गरौं, लाम ठूलो होइन ।
प्यारो देशको माटोलाई, सधैँ चुम्न सिकौं
अमेरिका जाउ या रूस, ठाम ठूलो होइन ।
देखिदैन कुनैबेला दाग विनाको चन्द्रमा
चन्द्रमा नै घुम्ने गगन नाम ठूलो होइन ।
सम्झनाको याद मुटुभित्र कैल्यै मेटिदैन
महत्व त चिठ्ठीको हो खाम ठूलो होइन ।
आ-आफ्ना स्वतन्त्रमा ठाँटिएर जिउँन सिकौँ
ती प्रहारका चोट भन्दा डाम ठूलो होइन ।
त्याग्नु पर्छ सबैले मूर्खता र घमण्डलाई
कर्तब्यको जिम्मा हुन्छ काम ठूलो होइन ।
अम्बिका कार्की,
सर्लाही, हालः भरतपुर, चितवन