गजल By, अम्बिका कार्की
नारी तिमी ममताकी खानी बन्नुपर्छ ।
दिल साटेर जिउँदापनि रानी बन्नुपर्छ ।
आवेग र आक्रोशले तिमिलाइ छोपेपनी
मथन गर्दै नरम हुन पानी बन्नुपर्छ।
कुसंस्कार र कुरितिका बादलले घेरे
आदर्शले धकेलेर जानी बन्नुपर्छ ।
देबिहरुका प्रतिमुर्ती महान नारी तिमी
कुलदेवताको साथमा रहने थानी बन्नुपर्छ ।
तिमी चुप रहँदा घर बदलिन्छ भने
सहनशिलता अंगालेर सानी बन्नुपर्छ ।
दमन गर्ने शासकहरुको बिरुद्दमा लड्दै
अघि बढ्ने बिस्वासकी नानी बन्नुपर्छ ।
संन्तान प्रती कर्तब्यका बोध पूरा गरि
प्रगतिको पथतिर ला`नी बन्नुपर्छ ।
अम्बिका कार्की
सर्लाही, हाल चितवन