मुटुको उपचारका लागि मुडुला कार्की सेवा समाजद्वारा सुशान्तलाइ ५० हजार सहयोग

काठमाडौं बैशाख ३,

मुडुला कार्की सेवा समाजले सर्लाही बरहथवा नगरपालिका हजरिया सुशान्त कार्कीलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
केही दिनअघि मुटुको अप्रेसन गरि त्रिवि शिक्षण अस्पताल,महाराजगञ्जमा उपचारकै क्रममा रहेका १३ वर्षिय कार्कीलाई बुधबार सेवा समाजले सो रकम हस्तान्तरण गरेको हो । मुडुला कार्की सेवा समाजकी उपाध्यक्ष अम्बिका कार्की, केन्द्रिय सदस्यहरु रितु कार्की, रघुविर कार्की र कमलध्वज कार्कीले मनमोहन कार्डियोथेरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर पुगेरै सो रकम हस्तान्तरण गरेका हुन् ।

मुडुला कार्की सेवा समाजले आफ्ना बन्धुहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको छ । “आगामी दिनमा पनि देशभरिका मुडुला काकीहरुलाई पर्ने अप्ठ्यारोमा समाजले सहयोग गर्नेछ ।

सबै मुडुला कार्कीहरुलाई सहयोगका लागि पनि आग्रह गर्दछौं,” समाजका केन्द्रिय सदस्य रघुविर कार्कीले भने,“ बन्धुत्वको भावनालाई समेट्दै यस्ता किसिमका सामाजिक काममा समाज लाग्नेछ ।” मुटुमा समस्या भएका कार्कीको डा भगवान कोइरालाले अप्रेसन गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com