घरेलु कामदारका रुपमा साउदी पुगेका छ महिलाको उद्धार

काठमाडौं, वैशाख ११,

घरेलु कामदारका लागि साउदी अरब पुगेका ६ जना नेपाली महिलालाई साउदीस्थित नेपाली दूतावासले उद्दार गरेको छ ।

कुवेत हुँदै मानव तस्करद्वारा साउदीमा बेचिएका ती महिलालाई दूतावासले उद्दार गरेर सेल्टरमा राखेको थियो । एयर अरेबियाको जहाजमार्फत उनीहरु आइतबार बिहान साढे ९ बजे नेपाल आइ पुगेका हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com