गजल By, केसब थापा
याद जति आए नि घर आगनको ,सम्झना मात्रै साथमा हुन्छ।।।
जब खेतबारी सम्झन्छु तब कुटो र कोदाली हातमा हुन्छ।।।
आखामा झल्किन्छ ति दिनहरू सधै अतित बनि
कहानी सुन्नुको बेग्लै मजा अधेरी रातमा हुन्छ।।
कोहि बिवसता बताउछ कोहि बाध्यताको अवस्था
मन र मुटु बिछडे पनि धडकन त सधै साथमा हुन्छ।।
बिर्सियो बिगतका दिनहरू रमाउदैछ रंग मन्चको दुनियामा
आफैलाई भुल्यो अरूको के कुरा सधै नशाको मातमा हुन्छ।।
याद जति आएपनि सम्झना मात्रै साथमा हुन्छ।।
सपनिबाट झसंग बिउजीदा कुटो कोदालो हातमा हुन्छ।।
केसब थापा
गुलरीया बर्दिया
हाल भारत